• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

नेचुरल स्मार्ट एपबाट रेमिट्यान्स सेवा शुभारम्भ, अब विदेशबाट पठाएको पैसा सिधै खातामा

जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले इन्फो डेभलर्पस र इसेवा मनी ट्रान्स्फरसँग सहकार्य गरी ‘नेचुरल स्मार्ट एप’बाट रेमिटान्स सेवा सुरु गरेको छ । अब नेचुरल सहकारीका सदस्यहरुले मोबाईल बैंकिङबाटै नेपाल भर पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा स्मार्ट एपको प्रयोग गरी सजिलै आफ्नै खातामा प्राप्त गर्न सक्ने भएका छन् ।

९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले सदस्य सहजताका लागि यस्तो सेवा ल्याएको हो । सदस्यहरुले आफ्नो खातामा भएको रकम सोही एपको प्रयोगद्वारा देशभरी रहेका इसेवाको काउन्टरहरुमा समेत प्राप्त गर्न सक्ने गरी पठाउन सक्ने संस्थाका प्रमुख विकल्प पाठकले जानकारी दिनुभयो । यो सेवाले समयको बचत, सहज, सुरक्षित र कोरोना भाईरस जस्तो महामारीको समयमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्ने पाठकको भनाई छ ।

नगद रहित डिजिटल कारोबारलाई विशेष जोड दिएको संस्थाले अन्य रेमिटान्स कम्पनीहरुसँग सहकार्य गरी अघि बढ्ने नीति लिएको छ ।

Share :

Shares

Related Blogs

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More

नेचुरल सहकारीको टाेली चन्द्रागिरि बचतमा, संस्थाकाे योगदान प्रकाशमा ल्याउने समझदारी

काठमाडाैंकाे चुच्चेपाटी स्थित नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिले थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण

Explore More