‘नेचुरल स्मार्ट एप’ बाटै ब्लुबुक नवीकरण र ट्राफिक जरिवाना शुल्क तिर्न सकिने
नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ब्लुबुक नवीकरण गर्न र ट्राफिक जरिवाना शुल्क तिर्न सकिने सुविधा ल्याएको छ । संस्थाले ‘नेचुरल स्मार्ट एप’ मार्फत सदस्यहरुलाई यस्तो सुविधा ल्याएको हो ।
अब नेचुरल सहकारीका सदस्यहरुले आफ्नो ब्लुबुकको नविकरण शुल्क र ट्राफिक जरिवाना शुल्क बिना कुनै झन्झट ‘नेचुरल स्मार्ट एप’ मार्फत यो सेवा लिन सक्नेछन् । संस्थाका ‘नेचुरल स्मार्ट एप’ प्रयोगकर्ता सदस्यहरुले यो सुविधा लिने सक्ने संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए । मोबाईल बैंकिङ सेवा नलिएका सदस्यहरुले सेवा सुचारु गरी यो सुविधा लिन सक्ने पाठकले बताए ।
ब्लुबुक नवीकरण शुल्क भुक्तानी गर्नको लागि नेचुरल स्मार्ट एप भित्र भएको ‘ब्लुबुक रिन्यु’ मा नवीकरणमा ट्याप गर्नुपर्ने हुन्छ । ट्याप गरिसकेपछि आवश्यक विवरण भरी भुक्तानी गर्न सकिने छ । त्यस्तै ट्राफिक जरिवाना शुल्क तिर्न पनि नेचुरल स्मार्ट एप भित्र भएको ‘ट्राफिक पुलिस फाइन’ मा ट्याप गरी आवश्यक विवरण भरी शुल्क भुक्तानी गर्न सकिनेछ ।
संस्था यस अघि नै मोबाईल रिचार्जदेखि बैंक रकम ट्रान्फरसम्मको सुविधा सदस्यलाई प्रदान गर्दै आएको छ । ई–टेलर, ई-पेमेन्ट र फोन पे सेवा समेत सञ्चालनमा ल्याईसकेको छ । त्यस्तै संस्थाले मिस्डकल बैंकिङ, क्युआर भुक्तानी, एटिएम सेवा, वालेटमा ब्यालेन्स लोड लगायतको सेवा प्रवाह गर्दै आएको छ । व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् ।
त्यस्तै विजुलीको विल, खानेपानी बिल, हवाई टिकट, बिमाको प्रिमियम तिर्न, स्कूल बिल समेत मोबाईल बैंकिङ बाटै तिर्न सक्ने सेवा प्रदान संस्थाले गर्दै आएको छ ।