• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

नेचुरल साकोसद्धारा विभिन्न बिधामा सम्मान

जोरपाटीस्थित नेचुरल बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट उद्यमीलगायत विभिन्न बिधामा सदस्यलाई लाई सम्मान गरेको छ । संस्थाको १३ औं वार्षिक साधारणसभाका अवसरमा उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरेको हो ।

उत्कृष्ट महिला उद्यमीबाट रेली शर्मा प्रधान, संजीवनी कुँवर, मेनुका थापा बानियाँ, प्रमिला राई सम्मानित भएका छन् । उत्कृष्ट युवा उद्यमी पुरस्कारबाट लक्ष्मीप्रसाद बुढाथोकी, पुरुषोतम बराल, शेखर काप्री, उद्धव बराल सम्मानित भएका छन् ।

साघु शाखा उत्कृष्ट शाखाबाट सम्मानित भएको छ । त्यसैगरी उत्कृष्ट प्रविधि प्रयोगकर्तामा गणेशप्रसाद घोरासैनी, अनिल मानन्धर, रवीन्द्र श्रेष्ठ, राजु धिताल, सुदिप धिताल सम्मानित भएका छन् ।

त्यस्तै उत्कृष्ट कारोबारतर्फ धमेन्द्रलाल कर्ण, सुरेन्द्रबहादुर श्रेष्ठ, विष्णुप्रसाद गजुरेल, सपन श्रेष्ठ, तेजबहादुर धामी सम्मानित भएका छन् । उत्कृष्ट नियमित बचतकर्तातर्फ पुष्पाकुमारी कार्की, हरी श्रेष्ठ, लक्ष्मी क्षेत्री खनाल, राहुल अग्रवाल, साधुराम चौलागाई सम्मानित भएका छन् ।

संस्थाका अध्यक्ष शर्मिला अमात्यको अध्यक्षतामा तथा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री बद्री मैनालीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो।

संस्थाले आर्थिक वर्ष २०७७÷०७८ सम्म संस्थाको सेयर पुँजी १२ करोड ८६ लाख ८४ हजार ६ सय पुगेको छ । संस्थाले २ अर्ब ७ करोड बचत संकलन गरी २ अर्ब ५ करोड ६३ लाख लगानी गरेको छ । संस्थाले ३१ करोड ७२ लाख आम्दानी गरेको छ ।

संस्थाले ३ करोड ६० लाख ५२ हजार नाफा गरेको छ । संस्थाका सचिव तथा प्रमुख कार्यकारी अधिकृत विकल्प पाठकले सेयर पुँजीमा १५।४१ प्रतिशत, बचतमा ५७।९५ प्रतिशत, कर्जामा ४४।०७ प्रतिशत, कुल आम्दानीमा ३०।५४ प्रतिशतले वृद्धि गरेका बताए ।

Share :

Shares

Related Blogs

ग्लोबल मनी विक: नेचुरल सहकारीद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

संस्थाले शंखरापुर-६, साँखु स्थित भाग्योदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको । बुधबार आयोजित अभिमुखीकरणमा ८५

Explore More

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More