• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

सदस्यसँग निरन्तर नेचुरल सहकारी, सदस्य शिक्षा तथा अन्तरक्रिया सम्पन्न

नेचुरल बचत तथा ऋण सहकारी संस्थाले सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रधान कार्यालयमा आवद्ध सदस्यहरुबाट सुरु भएको सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सेवा केन्द्र स्तरमा जारी राखेको छ ।

संस्थाले पुष १ गते प्रधान कार्यालयमा आवद्ध सदस्यहरुसँग अन्तरक्रिया गरेको थियो । त्यस्तै पुष १० गते साँखु सेवा केन्द्रमा आवद्ध सदस्यहरुसँग अन्तरक्रिया गरेको थियो । संस्थाले आज (पुष २१) गते सदस्य सेवा केन्द्र नयाँ बजार र कालिमाटीमा आवद्ध सदस्यहरुसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

नेपा: ब्यांकेटमा सम्पन्न कार्यक्रममा संस्थाले हालसम्म गरेको कामहरु, संस्थाको वित्तीय अवस्था, सदस्यहरु बीच जारी गरेको विभिन्न योजना, आगामी कार्ययोजना, संस्थामा सदस्यहरुको भूमिका, संस्थाले सदस्यलाई प्रदान गर्दै आएको सेवाहरुका बारेमा संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार समिति, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिका सदस्यहरु, संस्थामा उच्च तहमा कार्यरत कर्मचारीहरु र ५ सयभन्दा बढी सदस्यहरुको सभागिता रहेको थियो ।

त्यस्तै संस्थाले पुष १ गतेदेखि सुरु गरेको ‘नेचुरल जीवन सहारा बचत योजना’ का बारेमा समेत सदस्यहरुलाई जानकारी गराईएको थियो । उक्त बचत योजनामा सहभागी हुने सदस्य र सदस्यको परिवारले जन्मदेखि मृत्युसम्मको सेवा प्राप्त गर्नेछन् । संस्थामा आवद्ध सदस्यलाई समृद्ध बनाउने योजनाका साथ संस्था अघि बढेको समेत पाठकले जानकारी दिए । सदस्यहरुको सुख दुःखको क्षणमा जीवन सहाराको काम गर्दै संस्था र सदस्य बीचको सम्बन्ध प्रगाढ तथा पारदर्शी बनाउने अभियानमा संस्था रहेको समेत पाठकले बताए ।

संस्थाले पुष १ गतेदेखि सुरु गरेको ‘नेचुरल जीवन सहारा बचत योजना’ मा सहभागी हुने सदस्यहरुले अधिकतम् ब्याज, स्वास्थ्य बीमा, सदस्यको परिवारमा नयाँ सदस्यको जम्म हुँदा पाँच हजार नगद, सदस्यको परिवारका सदस्यको मृत्यु हुँदा १५ हजार रुपैयाँ दाहसंस्का खर्च, विभिन्न अस्पतालहरुमा विशेष छुट, विद्यालय तथा कलेजहरुमा विशेष छुट, सुपरपार्केट, होटल, रेष्टुरेन्टहरुमा विशेष छुट सुविधा पाउने संस्थाका प्रमुख कार्यकारी सञ्चालक पाठकले बताए । यस योजनामा सहभागी हुने सदस्यहरुको संस्था तिब्र रुपमा बढेको समेत बताए ।

कार्यक्रममा सदस्यहरुबाट आएको सुझावलाई सम्बोधन गर्दै संस्था अघि बढ्ने बताए । संस्थाले सदस्यहरुबाट मौखिक र लिखित दुबै रुपमा सुझाव संकलन गरेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत संस्थाले जनाएको छ ।

Share :

Shares

Related Blogs

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More

नेचुरल सहकारीको टाेली चन्द्रागिरि बचतमा, संस्थाकाे योगदान प्रकाशमा ल्याउने समझदारी

काठमाडाैंकाे चुच्चेपाटी स्थित नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिले थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण

Explore More