• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

नेचुरलकाे साँखु सेवा केन्द्र छैटौं वर्षमा, विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक वितरण

नेचुरल बचत तथा ऋण सहकारी संस्था, साँखु सेवा केन्द्र स्थापनाको छैटौं वर्षमा प्रवेश गरेकाे छ ।
सेवा केन्द्र स्थापना दिवसको अवसरमा संस्थाले भाग्योदय माध्यमिक विद्याललयमा अध्ययनरत विज्ञान संकायतर्फ कक्षा ११ का २५ जना विद्यार्थीहरुलाई निःशुल्क पाठ्यपुस्तक वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाे बीच संस्थाले पाठ्यपुस्तक हस्तान्तरण गरेकाे हाे । पाठ्य पुस्तक वितरण कार्यक्रममा बोल्दै नेचुरल बचत तथा ऋण सहकारी संस्था, साँखु सेवा केन्द्रका प्रबन्धक घनश्याम नेपालले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत पाठ्यपुस्तक सहयोग गरेकाे र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

कार्यक्रममा सभापतित्व गर्दै विद्यालयका अध्यक्ष मधु केसी “निरज”ले पाठ्यपुस्तक सहयाेग गरेकाेमा संस्थालाई धन्यवाद व्यक्त गरे । ५/६ जनाबाट सुरु गरेकोमा हाल विद्यालयमा २५ जना पुगेको बताए ।

त्यस्तै संस्थाले सेवा केन्द्रकाे स्थापना दिवस मनाएकाे छ । संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठककाे उपस्थितिमा केक कारेट स्थापना दिवस मनाएकाे हाे । कार्यक्रममा संस्थाका साँखु सेवा केन्द्रका कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे । संस्थाले शंखरापुर क्षेत्रमा आफ्नाे छुट्टै पहिचान समेत बनाउन सफल भएकाे छ । संस्थाकाे साँखु सेवा केन्द्र आफ्नै भवनमा सञ्चालित छ ।

Share :

Shares

Related Blogs

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More

नेचुरल सहकारीको टाेली चन्द्रागिरि बचतमा, संस्थाकाे योगदान प्रकाशमा ल्याउने समझदारी

काठमाडाैंकाे चुच्चेपाटी स्थित नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिले थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण

Explore More