नेचुरल सहकारीको सेवा अब जन्मदेखि मृत्युसम्म
नेचुरल बचत तथा ऋण सहकारी संस्थाले अब सदस्य र सदस्यको परिवारलाई जन्मदेखि मृत्युसम्मको सेवा दिने भएको छ ।
स्थापनाकालदेखि नै पृथक ढंगबाट आफूलाई स्थापित गर्न सफल नेचुरलले अब जन्मदेखि मृत्युसम्मको सेवा दिने घोषणा गरेको हो । शुक्रबार ‘सदस्यसँग नेचुरल’ कार्यक्रमको आयोजना गरी ‘नेचुरल जीवन सहारा बचत योजना’ सार्वजनिक गरेको छ । उक्त बचत योजनामा सहभागी हुने सदस्य र सदस्यको परिवारले जन्मदेखि मृत्युसम्मको सेवा प्राप्त गर्नेछ।
सदस्यहरुको सुख, दुःखको क्षणमा जीवन सहाराको काम गर्दै संस्था र सदस्य बीचको सम्बन्ध प्रगाढ तथा पारदर्शी बनाउने बचत योजना सार्वजनिक गरेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए ।
उक्त बचत योजनामा सहभागी हुने सदस्यहरुले अधिकतम् ब्याज, स्वास्थ्य बीमा, सदस्यको परिवारमा नयाँ सदस्यको जम्म हुँदा रु पाँच हजार नगद, सदस्यको परिवारका सदस्यको मृत्यु हुँदा १५ हजार रुपैयाँ दाहसंस्का खर्च, विभिन्न अस्पतालहरुमा विशेष छुट, विद्यालय तथा कलेजहरुमा विशेष छुट, सुपरपार्केट, होटल, रेष्टुरेन्टहरुमा विशेष छुट सुविधा पाउने संस्थाका प्रमुख कार्यकारी सञ्चालक पाठकले बताए ।
सदस्यहरुको आर्थिक, सामाजिक, पारिवारिक तथा शैक्षिक जस्ता महत्वपूर्ण पक्षको विकासको लागि छुट्टै विभाग गठन गरी परामर्श सेवा समेत सदस्यलाई दिने पाठकले बताए ।
करिब ७ सय सदस्यहरुको उपस्थिती रहेका कार्यक्रममा वित्तीय साक्षरता, संस्थाको वर्तमान अवस्था र भावी योजनाको बारेमा प्रस्तुती रहेको थियो । कार्यक्रममा सहकारी प्रशिक्षक तेजप्रसाद बजगाईले वित्तीय साक्षरताको कार्यपत्र प्रस्तुत गरेका थिए । उनदे बचतको महत्व, बचत कसरी गर्ने, बचत गर्नुको फाईदा, सहकारीमा बचत किन गर्ने लगायतको विषयमा नेचुरल सहकारीका सदस्यलाई प्रशिक्षण दिएका थिए ।