प्रविधिमा नेचुरल सहकारीको फड्को: थप तीन सेवा विस्तार
नेचुरल बचत तथा ऋण सहकारी संस्थाले बढ्दो प्रविधिको प्रयोगलाई थप विकास गरेको छ । संस्थाले मंसिर १४ गतेबाट थप सेवा सदस्यहरु बीचमा सार्वजनिक गरेको छ ।
संस्थाले नेचुरल स्मार्ट एपमार्फत फोनपे तथा ईसेवासँग सम्झौता गरी क्यूआर मर्चेन्टमा क्युआर स्क्यान गरी बिल भुक्तानी गर्न सकिने सेवा थप गरेको छ । त्यस्तै खल्ती वालेटमा सहजै रकमान्तर गर्न सकिने व्यवस्था संस्थाले मिलाएको छ ।
यसैगरी नेचुरल स्मार्ट एपमार्फत एनसेलको डाटा प्याक र भ्वाईस प्याक खरिद गर्न सकिने संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो ।
संस्थाले आर्थिक वर्ष २०७६/०७७ लाई ‘प्रविधिको विकास वर्ष’को रुपमा अबलम्बन गरी अघि बढेको थियो । संस्थाले मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङलाई विशेष प्राथमिकता दिएको छ । चालु आर्थिक वर्षमा प्रविधिमैत्री सेवा थप वृद्धि गर्दै लैजाने प्रमुख पाठकले बताउनुभयो ।
हाल संस्थाले मिस्डकल बैंकिङ, क्युआर भुक्तानी, एटिएम सेवा, अन्तर बैंक रकम ट्रान्सफर, वालेटमा ब्यालेन्स लोड लगायतको सेवा प्रवाह गर्दै आएको छ ।
नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, अन्तर बैंक रकम ट्रान्सफर, वालेट लोड, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, १४ वटा बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् ।
संस्थाका झण्डै २५ सय सदस्यले मोबाईल बैंकिङ सेवा लिएका छन् ।