• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

स्थापनाको १५ वर्षमा नेचुरल सहकारी, स्तरीय एवंं विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको १५औं वर्षमा प्रवेश गरेको छ । संस्थाले शनिबार आफ्नो १५औं स्थापना दिवस मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा सहकारीका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले संस्थामा आबद्ध सम्पूर्ण संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य, कर्मचारी, सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

‘सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय उन्नयनका लागि समुदायमा आधारित नेचुरल साकोसले विभिन्न आरोह र अवरोहबीच आज जुन पहिचान बनाएका छ, त्यसको आधार सदस्यहरुले संस्थाप्रति देखाएको विश्वास र सक्रियता, परिश्रमी कर्मचारी र नेतृत्व नै हो,’ संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सहकारीका अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तहरुलाई आत्मसाथ गर्दै बचत तथा ऋण कारोबारसँगै, डिजिटल सेवा, सामाजिक कार्य, विभिन्न रचनात्मक कार्यकै कारण उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल भएको छ ।’

सेयर सदस्य, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति, सल्लाहकार समिति, कर्मचारीहरुकै योगदानका कारण सहकारी आजको अवस्थामा आइपुगेको पाठकले बताउनुभयो ।

प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको सहकारीले आगामी दिनमा पनि स्तरीय एवंं विश्वसनीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता गरेको छ ।
सहकारीको प्रधान कार्यालय जोरपाटीमा छ भने सदस्य सेवा केन्द्रहरु नयाँबजार, साँखु, कालिमाटी, काँडाघारीमा रहेको छ ।

Download QRPrint QR

Share :

Shares

Related Blogs

नेचुरल सहकारीको महिला सदस्य उत्प्रेरणा एवं तीज विशेष कार्यक्रम सम्पन्न

नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ‘नेतृत्व विकास एवं हरितालिका तीज शुभकामना आदान प्रदान कार्यक्रम’ सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष

Explore More

ग्लोबल मनी विक: नेचुरल सहकारीद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

संस्थाले शंखरापुर-६, साँखु स्थित भाग्योदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको । बुधबार आयोजित अभिमुखीकरणमा ८५

Explore More

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More