• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

नेचुरल सहकारीको महिला सदस्य उत्प्रेरणा एवं तीज विशेष कार्यक्रम सम्पन्न

नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ‘नेतृत्व विकास एवं हरितालिका तीज शुभकामना आदान प्रदान कार्यक्रम’ सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष शर्मिला शिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी पूर्व उपमेयर शान्ति नेपालको प्रमुख आतिथ्यता थियो ।

तीजको शुभकामना आदान प्रदानसँगै महिला सदस्य उत्प्रेरणा कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा संस्थाको विभिन्न गतिविधिहरु, संस्थाको वित्तीय अवस्थाको जानकारी वृत्तचित्रमार्फत प्रबन्धक घनश्याम नेपालले गराएका थिए ।

त्यस्तैमहिलाहरुको नेतृत्व विकासमा नेचुरल सहकारीको भूमिका, संस्थाका विभिन्न बचत योजनाहरु, आगामी कार्ययोजना, संस्थामा सदस्यहरुको भूमिकाका साथै सेवाहरुका बारेमा सचिव विकल्प पाठकले जानकारी गराएका थिए।

कार्यक्रममा सहभागी सदस्यलाई उत्कृष्ट नृत्य वापत सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो ।

संस्थाले हरेक वर्ष नेचुरल नारी बचत योजना सहभागी महिला सदस्यहरुको लागि तीज पर्वको अवसर पारेर यस्तो कार्यक्रम गर्दै आएको छ।

Download QRPrint QR

Share :

Shares

Related Blogs

१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सम्पर्क कार्यालय काडाँघारी र मुख्य कार्यालय

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत तेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More

१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सेवा केन्द्र नयाँबजार र कालिमाटी

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत दाेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More

१७ औं वार्षिक साधारण सभाको ईकाई १ अन्तर्गत सेवा केन्द्र साँखु

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत पहिलो ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More