• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

क्यासलेस कारोबारमा नेचुरल सहकारीका सदस्य

नेचुरल बचत तथा ऋण सहकारीका सदस्यहरु प्रविधिमा अभ्यस्त बन्दै गएका छन् । विगतका केही वर्षदेखि प्रविधिमार्फत हुने कारोबारलाई जोड दिँदै आएको नेचुरल साकोसले जारी निषेधाज्ञामा यसको नतिजा देखिएको छ ।

हाल दैनिक ५० लाखभन्दा बढी रकमको कारोबार प्रविधिमार्फत हुने गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विकल्प पाठक बताउनुहुन्छ । १६ गतेदेखि जारी निषेधाज्ञामा मोबाईल बैंकिङ चलाउने सदस्यको संख्या ह्वात्तै बढेको छ ।

नेचुरल साकोसको मोबाईल बैंकिङबाट मोबाईल रिचार्जदेखि बैंक रकम ट्रान्फरसम्मको सेवा सदस्यको रोजाईमा परेको छ । करिब ३ हजार सदस्यले मोबाईल बैंकिङ सेवा सुचारु गरेको पाठक बताउनुहुन्छ । यो सेवा नलिएका सदस्यले घरबाटै सेवा सुचारु गर्न सकिने पाठकको भनाई छ ।

संस्थाले ६४ औं राष्ट्रिय सहकारी दिवस (चैत्र २०) देखि ई–टेलर, ई–पेमेन्ट र फोन–पे सञ्चालनमा ल्याएको थियो । ई–टेलर बैंकिङ सेवा लिनका लागि संस्थाको क्यास काउण्टरमा राखिएको क्यूआर कोड स्क्यान गरी रकम झिक्नका लागि अनुरोध गर्न सक्छन् । सदस्यले ई–पेमेन्टमार्फत घरमै बसेर रकम ट्रान्सफर गर्न सक्छन् । पिन कोड कै आधारमा सदस्यले भुक्तानी दिन चाहेको व्यक्ति संस्थाको काउण्टरमा गई रकम भुक्तानी लिन समेत सक्छन् । त्यसैगरी फोन–पे ई–टेलर सुविधामार्फत सदस्यहरुले कुनै पनि बैंक तथा वित्तीय संस्थामा भएको पैसा नेचुरल सहकारीमार्फत झिक्न सक्नेछन् । यो सुविधा गैर सदस्यहरुलाई पनि उपलब्ध रहेको गराएको संस्थाले जनाएको छ ।

संस्थाले नयाँ प्रविधिहरुलाई आत्मसात गर्दै अगाडि बढेको र कोभिड १९ पछि थप नयाँ नयाँ प्रविधिको प्रयोगले झनै तीब्रता पाएको छ । हाल संस्थाले मिस्डकल बैंकिङ, क्युआर भुक्तानी, एटिएम सेवा, अन्तर बैंक रकम ट्रान्सफर, वालेटमा ब्यालेन्स लोड लगायतको सेवा प्रवाह गर्दै आएको छ ।
नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, अन्तर बैंक रकम ट्रान्सफर, वालेट लोड, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, १४ वटा बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् ।

Share :

Shares

Related Blogs

ग्लोबल मनी विक: नेचुरल सहकारीद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

संस्थाले शंखरापुर-६, साँखु स्थित भाग्योदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको । बुधबार आयोजित अभिमुखीकरणमा ८५

Explore More

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More