• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

नेचुरल साकोसले मिलायो शालीनदी मेलामा डिजिटल सहयोग गर्न सकिने व्यवस्था

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । कोभिड–१९ को महामारीका कारण मापदण्ड र कार्यविधि बनाएर मेला सञ्चालन गरेको हो ।

श्री माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले यस वर्ष मेलामा आउने व्रतालु तथा भक्तजनहरुको लागि डिजिटल माध्यमबाट सहयोग गर्ने व्यवस्था मिलाएको छ । समितिले नेचुरल बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा डिजिटल सहयोगको व्यवस्था मिलाएको हो ।

समितिले नगदभन्दा डिजिटल माध्यमबाट सहयोग गर्न अनुरोध गरेको छ । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ईसेवासँग सहकार्य गरेर क्युआर कोड समितिलाई उपलब्ध गराएको हो । उक्त कोड स्क्यान गरेर नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्था र सहकारीबाट समितिमा सहयोग गर्न सकिने छ ।

नेचुरल सहकारीका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले समिति अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठलाई एक कार्यक्रमको बीच क्युआर कोड हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै संस्थाले उक्त समितिलाई आर्थिक सहयोग समेत गरेको छ । कार्यक्रममा संस्थाका प्रशासन विभाग प्रमुख सृजना पण्डित, साँखु सेवा केन्द्र प्रमुख घनश्याम नेपाल, आईटी प्रमुख समिर बुढाथोकी लगायत ईसेवका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

उक्त सेवा प्रयोग गर्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो ।

Share :

Shares

Related Blogs

ग्लोबल मनी विक: नेचुरल सहकारीद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

संस्थाले शंखरापुर-६, साँखु स्थित भाग्योदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको । बुधबार आयोजित अभिमुखीकरणमा ८५

Explore More

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More