नेचुरल सहकारी र युगल आरोग्य बीच सम्झौता, सदस्यको उपचारमा विशेष छुट
गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीमा प्रधान कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था र युगल आरोग्य सदन, चावाहिल काठमाडौं बीच सेवा प्रवाह सम्बन्धी सम्झौता भएको छ ।
नेचुरल सहकारीमा आवद्ध सदस्यहरुलाई स्वास्थ्य जाँच, तनाव व्यवस्थापन सेवा, जीवन शैली व्यवस्थापन, मन शसक्तिकरण सेवा, योग ध्यान सेवा सहुलियत दरमा उपलब्ध गराउने सम्झौता भएको हो ।
आइतबार एक कार्यक्रमको बीच सम्झौता पत्र आदन प्रदान भएको छ । सम्झौता पत्रमा युगल आरोग्य सदनको तर्फबाट लेखनाथ ढकाल र नेचुरल सहकारीको तर्फबाट कार्यकारी प्रमुख विकल्प पाठकले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार बिरामी जाँच २०७९ बैशाख १५ गतेदेखि कात्र्तिक १५ गतेसम्म निःशुल्क गरिएको छ । त्यस्तै कात्र्तिक १६ गतेदेखि चैत्र मसान्तसम्म ५० प्रतिशत छुटको व्यवस्था रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो । उपचारको प्रकृती अनुसार सदस्यहरुलाई लागि छुटको व्यवस्था गरिएको पाठकले बताउनुभयो ।
युगल आरोग्य सदन प्राकृतिक उपचार केन्द्र हो । हड्डी, नशा तथा दीर्घ रोग सम्बन्धी उपचार यस सदनले गर्दै आएको छ ।