• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

नेचुरल सहकारीको मोबाईल बैकिङ्ग सेवा निःशुल्क

जोरवाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले मोबाईल बैकिङ्ग सेवा निःशुल्क गरेको छ । अब संस्थाले सदस्यहरुले मोबाईल बैकिङ्ग सेवा निःशुल्क सुचारु गर्न सक्ने भएका छन् ।

प्रविधिमार्फत हुने कारोबारलाई प्रोत्साहन स्वरुप संस्थाले मोबाईल बैकिङ्ग सेवा निःशुल्क गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विकल्प पाठकले जानकारी दिनुभयो । संस्थाले नेचुरल स्मार्ट एप र ई–बैंकिङ निःशुल्क गरेको हो । हाल संस्थाले मिस्डकल बैंकिङ, क्युआर भुक्तानी, एटिएम सेवा, अन्तर बैंक रकम ट्रान्सफर, वालेटमा ब्यालेन्स लोड लगायतको सेवा प्रवाह गर्दै आएको छ ।

नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, अन्तर बैंक रकम ट्रान्सफर, वालेट लोड, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् ।

संस्थाका झण्डै २५ सय सदस्यले मोबाईल बैंकिङ सेवा लिएका छन् ।

Download QRPrint QR

Share :

Shares

Related Blogs

१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सम्पर्क कार्यालय काडाँघारी र मुख्य कार्यालय

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत तेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More

१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सेवा केन्द्र नयाँबजार र कालिमाटी

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत दाेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More

१७ औं वार्षिक साधारण सभाको ईकाई १ अन्तर्गत सेवा केन्द्र साँखु

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत पहिलो ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More