• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

नेचुरल सहकारीको मोबाईल बैकिङ्ग सेवा निःशुल्क

जोरवाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले मोबाईल बैकिङ्ग सेवा निःशुल्क गरेको छ । अब संस्थाले सदस्यहरुले मोबाईल बैकिङ्ग सेवा निःशुल्क सुचारु गर्न सक्ने भएका छन् ।

प्रविधिमार्फत हुने कारोबारलाई प्रोत्साहन स्वरुप संस्थाले मोबाईल बैकिङ्ग सेवा निःशुल्क गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक विकल्प पाठकले जानकारी दिनुभयो । संस्थाले नेचुरल स्मार्ट एप र ई–बैंकिङ निःशुल्क गरेको हो । हाल संस्थाले मिस्डकल बैंकिङ, क्युआर भुक्तानी, एटिएम सेवा, अन्तर बैंक रकम ट्रान्सफर, वालेटमा ब्यालेन्स लोड लगायतको सेवा प्रवाह गर्दै आएको छ ।

नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, अन्तर बैंक रकम ट्रान्सफर, वालेट लोड, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् ।

संस्थाका झण्डै २५ सय सदस्यले मोबाईल बैंकिङ सेवा लिएका छन् ।

Share :

Shares

Related Blogs

ग्लोबल मनी विक: नेचुरल सहकारीद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

संस्थाले शंखरापुर-६, साँखु स्थित भाग्योदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको । बुधबार आयोजित अभिमुखीकरणमा ८५

Explore More

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More