• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

सहकारी इतिहासमा नेचुरल साकोसको नयाँ प्रयोग, सहकारीको खाताबाटै बैंकमा रकम पठाउन र पाउने सकिने

जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले नेपालको सहकारी इतिहासमै नयाँ प्रयोगको सुरुवात गरेको छ । नयाँ नयाँ प्रविधि भित्राउँदै सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले थप नयाँ सेवा सुरुवात गरेको हो ।

सोही क्रममा संस्थाले नेपालमा पहिलो पटक अन्तर बैंक रकम ट्रान्सफर सेवा सुरु गरेको छ । अब नेचुरल सहकारीकै खाताबाट बैंक तथा वित्तीय संस्थाको खातामा रकम पठाउन र पाउन सकिने भएको छ ।

संस्थाका सदस्यहरुले आफ्नो खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा विना झण्झट् रकम ट्रान्सफर गर्न सक्छन् भने बैंक तथा वित्तीय संस्थाको खाताबाट पनि नेचुरल सहकारीको खातामा रकम ट्रान्सफर गर्न सक्नेछ । नेपालका सबै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका रकम पठाउन र पाउन सकिन्छ ।

सहकारीको खाताबाट बैंक तथा वित्तीय संस्थाको खातामा रकम पठाउन र पाउन सकिने सुविधा नेपालमै पहिलोपटक नेचुरल सहकारीले सुरुवात गरेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक बताउँछन् ।
सदस्यहरुलाई सरल, सहज र सुरक्षित तबरबाट सेवा दिने उद्देश्य अनुसार नयाँ प्रयोग सुरु भएको पाठकको भनाई छ । पाठक भन्नुहुन्छ, ‘यो सेवाबाट सदस्यहरुलाई धेरै फाईदा पुग्नेछ ।’

‘प्रविधिमार्फत हुने कारोबारलाई नेचुरलले विगत देखिनै प्राथमिता दिदैं आएको छ’, पाठकले भन्नुभयो, ‘सोही क्रममा सदस्यलाई थप नयाँ सेवा सुरु गरेका हौं ।’ सदस्यहरु घरमै बसेर संस्थाको कारोबार गर्न सक्छन् भने समयको बचतसँगै सुरक्षित कारोबार हुने उहाँको भनाई छ ।

सदस्यहरुले नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत यो सुविधा लिन सक्छन् । त्यस्तै सदस्यहरुले आफ्नो खाताबाटै विभिन्न वालेट खातामा पनि रकम लोड गर्न सकिने उनको भनाई छ । नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् ।

त्यस्तै संस्थाले एटिएम सेवा पनि प्रदान गर्दै आएको छ । संस्थाको एटिएम नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम निकाल्दा पैसा लाग्दैन ।

संस्थाका झण्डै २५ सय सदस्यले मोबाईल बैंकिङ सेवा लिएका छन् ।

Download QRPrint QR

Share :

Shares

Related Blogs

नेचुरल सहकारीको महिला सदस्य उत्प्रेरणा एवं तीज विशेष कार्यक्रम सम्पन्न

नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ‘नेतृत्व विकास एवं हरितालिका तीज शुभकामना आदान प्रदान कार्यक्रम’ सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष

Explore More

ग्लोबल मनी विक: नेचुरल सहकारीद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

संस्थाले शंखरापुर-६, साँखु स्थित भाग्योदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको । बुधबार आयोजित अभिमुखीकरणमा ८५

Explore More

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More