• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

१७ औं वार्षिक साधारण सभाको ईकाई १ अन्तर्गत सेवा केन्द्र साँखु

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत पहिलो ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला शिल्पकार ज्यु को सभापतित्वमा सम्पन्न भएको छ ।सेवा केन्द्र साँखुमा आवद्ध सदस्यहरू सहभागी हुने गरी उक्त सभा आयोजना भएको हो । सेवाकेन्द्र साँखुका जेष्ठ सदस्य हरि देवि कारन्जित ज्यु द्वारा पानसमा द्विप प्रज्वलन गरी उक्त सभाको समुद्धघाटन गरिएको थियो । पहिलो इकाई सभामा आ.व. २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन ,४ वर्षे रणनीतिक व्यवसायिक योजना र आगामी वर्षको वार्षिक कार्यक्रम तथा बजेट सचिब बिकल्प पाठक र लेखा शुपरिवेक्षण सदस्य श्रीधर पाठक बाट लेखा परीक्षण प्रतिवेदन प्रस्तुत भएको थियो । माता इन्द्रायणी बांक्वैट ब्रम्हखेलमा सम्पन्न भएको उक्त सभामा संचालक समितिका उपाध्यक्ष सुरज श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाले आ.व.२०८१/०८२ मा साँखु सेवाकेन्दबाट उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई बिभिन बिधामा सम्मान गरिएको थियो भने संस्थामा लामो समय देखि कर्यरत कर्मचारिहरुलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो ।
सभाको आवसरमा जेन्जी आन्दोलन पछि ध्वस्त भएको प्रहरी प्रभाग शंखरापुर साँखुलाई पुनः निर्माणको लागि नगद रु ७५०००/ आर्थिक सहयोग पुनः निर्माण समिती र बिभागका प्रमुख रमेश थापाको उपस्थितिमा प्रदान गरिएको थियो ।सभामा साँखु सेवाकेन्द्रमा आवद्ध सदस्यहर उत्पादन गर्नु भएकाे घरेलु बस्तु तथा सामग्रीहरुको प्रदर्शन एवं पिपुल्स लाईफ केयर हस्पिटल शंखरापुर साँखुबाट निशुल्क स्वास्थ परिक्षण सेवा उपलब्ध गराईएको थियो । ईकाई सभाको निर्णय प्रमाणित गर्नको लागि र निर्णय प्रमाणित गर्ने सभामा सहभागी हुन जम्मा ८ जना प्रतिनिधिहरु समेत सो सभाले चयन गरेको छ ।
Download QRPrint QR

Share :

Shares

Related Blogs

१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सम्पर्क कार्यालय काडाँघारी र मुख्य कार्यालय

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत तेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More

१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सेवा केन्द्र नयाँबजार र कालिमाटी

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत दाेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More

१७ औं वार्षिक साधारण सभाको ईकाई १ अन्तर्गत सेवा केन्द्र साँखु

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत पहिलो ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More