१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सम्पर्क कार्यालय काडाँघारी र मुख्य कार्यालय
नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत तेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला शिल्पकार ज्यु को सभापतित्वमा सम्पन्न भएको छ । सम्पर्क कार्यालय काडाँघारी र मुख्य कार्यालयमा आवद्ध सदस्यहरू सहभागी हुने गरी उक्त सभा आयोजना भएको हो । संस्थाकाे मुख्य कार्यालयमा आवद्ध पाँच जना बाल सदस्य ज्युहरु द्वारा पानसमा द्विप प्रज्वलन गरी उक्त सभाको समुद्धघाटन गरिएको थियो । तेश्राे इकाई सभामा आ.व. २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन ,४ वर्षे रणनीतिक व्यवसायिक योजना र आगामी वर्षको वार्षिक कार्यक्रम तथा बजेट सचिब बिकल्प पाठक र लेखा शुपरिवेक्षण संयाेजक पूर्ण बहादुर तामाङ ज्यू बाट लेखा परीक्षण प्रतिवेदन प्रस्तुत भएको थियो । अनुपम फुड ल्यण्ड एण्ड बैंक्वेट बत्तिसपुतलीमा सम्पन्न भएको उक्त सभामा संचालक समितिका काेषाध्यक्ष भीम बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो । सस्थाले आ.व.२०८१/०८२ मा सम्पर्क कार्यालय काडाँघारी र मुख्य कार्यालय बाट विभिन्न ७ विधामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई बिभिन सम्मान गरिएको थियो भने सस्थामा लामो समय देखि कर्यरत कर्मचारिलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो ।
सभाको आवसरमा संस्थामा आवद्ध सदस्यहरुले उत्पादन गरेका घरेलु बस्तु तथा सामग्रीहरूको प्रदर्शनका साथै स्तुपा सामुदायिक हस्पिटल का.म.न.पा.७ चुच्चेपाटीबाट निशुल्क स्वास्थ परिक्षण सेवा उपलब्ध गराईएको थियो । ईकाई सभाको निर्णय प्रमाणित गर्नको लागि र निर्णय प्रमाणित गर्ने सभामा सहभागी हुन जम्मा ११ जना प्रतिनिधिहरु समेत सो सभाले चयन गरेको छ ।
Download QRPrint QR



