• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

नेचुरल साकोसको सेवा उत्कृष्ट, दिगो र सबल संस्था बनाउने योजना

नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६/७७ को समिक्षा र आर्थिक वर्ष २०७७/०७८ प्रस्तावित बार्षिक निति तथा कार्यक्रम एवंम योजना तर्जुमा सम्पन्न गरेको छ । शनिबार सञ्चालक समिति, लेखा समिति र उच्च व्यवस्थापन कर्मचारी बीच कार्यक्रम सम्पन्न गरेको हो ।

कोरोना महामारीका कारण भएको लकडाउनको समयमा संस्थाले प्रवाह गरेको सेवा उत्कृष्ठ रहेको निष्कर्ष निकालिएको छ । गत आर्थिक वर्षमा संस्थाले उत्कृष्ट आर्थिक उपलब्धी समेतच हासिल गरेको छ ।

नेचुरल साकोस सदस्यप्रति जिम्मेवार रहेको र जस्तो सुकै प्रतिकुल अवस्थामा पनि सदस्य सेवामा तत्पर रहेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो । संस्थाले नीति, विधि र प्रविधिको माध्यमबाट सेवा प्रवाह गर्ने उहाँले बताउनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्ने अग्रणी संस्थाको रुपमा समेत नेचुरल रहेको उहाँको भनाई छ ।

आगामी वर्षमा संस्थाले नीति, विधि र प्रविधिको माध्यमबाट उत्कृष्ट सेवा प्रवाह गर्ने समेत उहाँले बताउनुभयो । संस्थाले दिगो र सबल सहकारीको रुपमा समेत विकास गर्दै लैजाने योजना अघि सारेको छ ।

Share :

Shares

Related Blogs

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More

नेचुरल सहकारीको टाेली चन्द्रागिरि बचतमा, संस्थाकाे योगदान प्रकाशमा ल्याउने समझदारी

काठमाडाैंकाे चुच्चेपाटी स्थित नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिले थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको अवलोकन भ्रमण

Explore More