नेचुरल सहकारी स्तरीकरण कार्यक्रम ‘कोशिस’मा आवद्ध
नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्तरीकरण कार्यक्रम ‘कोशिस’मा आवद्ध भएको छ । संगठनात्मक दिगोपन र संस्थागत सेवाहरूको लागि सहकारी स्वः नियमन कार्यक्रम (कोशिस) बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले संयुक्त रुपमा सञ्चालन गरेको स्तरीकरण कार्यक्रम हो ।संस्थाले आज (शनिबार) एक कार्यक्रमको बीच बागमती प्रोस्कूनसँग सम्झौता गरेको हो । बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालको समेत उपस्थितीमा संस्थाले कार्यक्रम सम्झौता गरेको हो ।
वित्तीय सहकारी संस्थाहरूलाई वर्तमान अवस्थाबाट अपेक्षित अवस्थामा पुरÞ्याउनको लागि निश्चित मापदण्ड र सूचकहरूमा आधारित रहेर गरिने अनुगमन, मूल्यांकन, पृष्ठपोषण मार्फत गरिने सुधारका कृयाकलापको समष्ठि नै स्तरीकरण हो ।
बचत तथा ऋण सहकारीमा रहेको विद्यमान जोखिमको छिटो व्यवस्थापन गरी सदस्यहरूको बचत सुरक्षा गर्न स्तरीकरण कार्यक्रमले सघाउँछ । बचत तथा ऋण सहकारीको सबै किसिमको जोखिमबाट बचाउनका लागि स्तरीकरण कार्यक्रममार्फत मात्रै सम्भव रहेको विज्ञहरुको बताउँदै आएका छन् ।
संस्थाको स्वः नियमन क्षमता अभिवृद्धि एवम् सञ्चालन क्षमता र व्यवसायिक क्षमता विकास गर्दै स्तरीय सहकारी संस्था निर्माण गर्ने उद्देश्यका साथ स्तरीकरण कार्यक्रममा संस्था आवद्ध भएको संस्थाका प्रमुख कार्यकारी विकल्प पाठकले बताए ।
स्तरीकरण कार्यक्रमले जोखिमलाई व्यवस्थापन गरी सदस्यको बचत सुरक्षामा काम गर्ने बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत दाहालले बताए । ‘स्तरीकरण कार्यक्रम सजिलो विषय हैन । सम्पूर्ण काम गर्ने कर्मचारीले हो । सञ्चालक समितिले दिशा निर्देश मात्रै गर्ने हो ।’ नयाँ यात्र सुरु गर्दा सहज नहुने समेत दाहालले बताए । संस्था हिँडेको बाटो अवरोध गर्ने नभई यात्रामा सहजिकरण गर्ने काम बागमती प्रोस्कूनको भएको उनले बताए ।
वित्तीय विश्लेषण तथा कार्ययोजना निमार्ण सम्पन्न
संस्थाले आर्थिक वर्ष २०७९/०८० को वित्तीय विश्लेषण तथा २०८०/८१ को कार्ययोजना निमार्ण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार (आज) संस्थाको सञ्चालक समिमित र कर्मचारीको उपस्थितीमा वित्तीय विश्लेषण तथा कार्ययोजना निमार्ण सम्पन्न गरेको छ ।
संकटको बीचमा पनि सहज ढंगबाट संस्था सञ्चालन भएकोमा कर्मचारी र सदस्यहरुलाई संस्थाका प्रमुख विकल्प पाठकले धन्यवाद दिएका थिए । हालको विषम परिस्थितीमा पनि संस्थासँग १५ प्रतिशत तरलता रहेको उनले बताए ।
चालु आर्थिक वर्षभर सदस्य जागरण अभियान सञ्चालन गर्ने समेत संस्थाले घोषणा गरेको छ । सदस्यलाई सहकारी, संस्थाले प्रदान गर्ने सेवा लगायतका विषयमा बुझाउने गरी अभियान सञ्चालन गरिने बताए ।