• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सेवा केन्द्र नयाँबजार र कालिमाटी

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत दाेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला शिल्पकार ज्यु को सभापतित्वमा सम्पन्न भएको छ ।सेवा केन्द्र नयाँबजार र कालिमाटीमा आवद्ध सदस्यहरू सहभागी हुने गरी उक्त सभा आयोजना भएको हो । संस्थाकाे सेवा केन्द्र कालिमाटीका सदस्य राेज प्रसाद कडेल ज्यु द्वारा पानसमा द्विप प्रज्वलन गरी उक्त सभाको समुद्धघाटन गरिएको थियो । दाेश्राे इकाई सभामा आ.व. २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन ,४ वर्षे रणनीतिक व्यवसायिक योजना र आगामी वर्षको वार्षिक कार्यक्रम तथा बजेट सचिब बिकल्प पाठक र लेखा शुपरिवेक्षण संयाेजक पूर्ण बहादुर तामाङ ज्यू बाट लेखा परीक्षण प्रतिवेदन प्रस्तुत भएको थियो । सासा बांक्वैट नयाँबजारमा सम्पन्न भएको उक्त सभामा संचालक समितिका सदस्य पार्वती मान्नधरले स्वागत मन्तव्य राख्नुभएको थियो । सस्थाले आ.व.२०८१/०८२ मा सेवा केन्द्र नयाँवजार र कालिमाटीबाट उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई बिभिन बिधामा सम्मान गरिएको थियो भने सस्थामा लामो समय देखि कर्यरत कर्मचारिलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरिएको थियो ।
सभाको आवसरमा संस्थामा आवद्ध सदस्यहरुले उत्पादन गरेका घरेलु बस्तु तथा सामग्रीहरूको प्रदर्शनका साथै पिपुल्स डेण्टल केयर हस्पिटल नयाँबजारबाट निशुल्क स्वास्थ परिक्षण सेवा उपलब्ध गराईएको थियो । ईकाई सभाको निर्णय प्रमाणित गर्नको लागि र निर्णय प्रमाणित गर्ने सभामा सहभागी हुन जम्मा ११ जना प्रतिनिधिहरु समेत सो सभाले चयन गरेको छ ।
Download QRPrint QR

Share :

Shares

Related Blogs

१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सम्पर्क कार्यालय काडाँघारी र मुख्य कार्यालय

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत तेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More

१७ औं वार्षिक साधारण सभाको ईकाई २ अन्तर्गत सेवा केन्द्र नयाँबजार र कालिमाटी

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत दाेश्राे ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More

१७ औं वार्षिक साधारण सभाको ईकाई १ अन्तर्गत सेवा केन्द्र साँखु

नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. को १७ औ वार्षिक साधारण सभा अन्तर्गत पहिलो ईकाई सभा संस्थाकी अध्यक्ष सर्मिला

Explore More