नेचुरल साकोस १३ वर्षमा प्रवेश
जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था आजबाट १३ औं वर्षमा प्रवेश गरेको छ ।
सहकारीहरुको भिडमा आफुलाई भिन्न पहिचान बनाउन नेचुरल साकोस सफल भएको छ । सदस्यहरु बीच वित्तीय कारोबारसँगै सामाजिक क्षेत्रमा संस्थामा संस्था क्रियाशिल छ । सदस्यहरुलाई सहज, सरल, छिटो वित्तीय सेवा प्रवाह गर्न संस्था हरदम तयार रहेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक बताउनुहुन्छ ।
सदस्यहरुको आर्थिक, सामाजिक एवं साँस्कृतिक आवश्यकता परिपूर्तिमा संस्था हरदम क्रियाशिल छ । संस्थाले आफ्ना सदस्यहरुबाट बचत संकलन गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने र शुलभ ब्याजदरमा सदस्यहरुलाई ऋण प्रवाह गर्ने गर्दछ ।
सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै रोजगारी प्रवद्र्धनमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ । संस्थामा हाल ८० जना कर्मचारी छन् ।
सदस्यबीचको सहकार्य, सामूहिक निर्णय, अन्तरसहकारी सम्बन्ध र समुदाय केन्द्रित गतिविधि सहकारीका मूलभुत पक्षहरु हुन् । यिनै गतिबिधिको सेरोफेरोमा नेचुरल सहकारी एउटा उत्कृष्ट सहकारी बन्दै समुदायकै पहिलो रोजाई बन्ने प्रयासमा रहेको पाठकको भनाई छ । सदस्यहरुको माग एवम् चाहना बमोजिम वित्तीय तथा सामाजिक क्षेत्रमा अझ सदस्य केन्द्रित गतिविधिमार्फत् संस्थाको समग्र कारोबार वृद्धि गर्दै उत्कृष्ठ सहकारी संस्थाको रुपमा परिचय बनाएको छ ।
संस्थाले प्रविधिमार्फत हुने कारोबारलाई जोड दिदै आएको छ । नेचुरल स्मार्ट एप, ई–बैंकिङमार्फत सदस्यहरुलाई धेरै सुविधा प्रदान गर्दै आएको । सदस्यहरुले आफ्नो खाताबाटै बैंकमा पैसा पठाउन मिल्ने, विभिन्न वालेट खातामा पनि रकम लोड गर्न सकिने समेत सेवा प्रवाह गरेको छ । नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् । त्यस्तै संस्थाले एटिएम सेवा पनि प्रदान गर्दै आएको छ । संस्थाको एटिएम नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम निकाल्दा पैसा लाग्दैन ।
संस्था समाजिक कार्यमा समेत क्रियाशिल छ । विभिन्न संघ÷संस्थालाई सहयोग लगायत सामाजिक अभियानमा समेत संस्था क्रियाशिल छ । लकडााउनको समयमा समेत संस्थाले निरन्तर सेवा प्रवाह गर्दै आएको छ । सदस्यलाई परेको समस्या र पर्ने सक्ने सम्भावित समस्यामा नेचुरल सहकारीले साथ दिदै आएको छ ।