• नेचुरल सहकारीको पहिचान, उद्यमशीलता विकासको अभियान”

ग्लोबल मनी विक: नेचुरल सहकारीद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

संस्थाले शंखरापुर-६, साँखु स्थित भाग्योदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको । बुधबार आयोजित अभिमुखीकरणमा ८५ जना विद्यार्थी सभागी थिए ।

संस्थाका सचिव विकल्प पाठकले विद्यार्थीहरुलाई पैसाको महत्व, बचत गर्ने तरिका, वित्तीय अनुशासन, पारिवारिक बजेट, सहकारी लगायतका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रममा संस्थाका प्रबन्धक घनश्याम नेपाल, प्रशासन प्रमुख सृजना पण्डित, साँखु सेवा केन्द्रका प्रमुख श्रीलाल श्रेष्ठ, विद्यालयमा प्रधानाध्यापक रुषन बसी लगायत शिक्षक शिक्षिकाको उपस्थिती थियो ।

नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा नेपालमा यहि चैत्र ४ देखि १० गतेसम्म १३ औं श्रृंखलाको ग्लोबल मनी वीक २०२५ सञ्चालन भईरहेको छ ।

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, शीप मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्धेश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी वीक (Global Money Week-GMW) विश्वभर मनाउँदै आएको छ ।

यस वर्षको नाराका रूपमा “Think before you follow, wise money tomorrow” रहेको छ ।

Share :

Shares

Related Blogs

ग्लोबल मनी विक: नेचुरल सहकारीद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता अभिमुखीकरण

संस्थाले शंखरापुर-६, साँखु स्थित भाग्योदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको । बुधबार आयोजित अभिमुखीकरणमा ८५

Explore More

नेचुरल सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित

नेचुरल बचत तथा ऋण सहकारी संस्था लिमिटेड राष्ट्रिय कर दिवस २०८० को अबसरमा सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय, जोरपाटीबाट

Explore More

नेचुरल सहकारीकाे १५औं साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व एवं

Explore More