इसेवाबाट नेचुरल सहकारीमा रकम ट्रान्सफर हुने
अब इसेवा वालेटबाट नेचुरल बचत तथा ऋण सहकारी संस्थाको खातामा रकम ट्रान्सफर हुने भएको छ ।
दुई संस्थाबीच सम्झौता भई आजबाट रकम ट्रान्सफर सुरु भएको हो । अब नेचुरल सहकारीका सदस्य तथा अन्य व्यक्तीले नेचुरल सहकारीको खातामा सिधै इसेवा वालेटबाट रकम ट्रान्सफर गर्न सक्नेछ । यसरी रकम ट्रान्सफर गर्दा कुनै शुल्क लाग्दैन ।
सदस्यहरुलाई सहजताको लागि रकम ट्रान्सफर सेवा सुरु गरिएको नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो ।
इसेवाले सहकारीको खातामा रकम ट्रान्सफर हुने सेवा पहिलो पटक सुरु गरेको हो । यस सेवाले सदस्यहरुको कारोबारमा सहजता ल्याउने पाठकले बताउनुभयो ।
संस्थाले बैंक खाताबाट पनि सिधैं रकम ट्रान्सफर गर्न सकिने सेवा केही समय भित्रै लञ्च गर्दै छ ।