Bouddha BranchBouddha BranchSankhu BranchNayabazar BranchKandaghari Branch Sun - Fri 10:00-18:00 01–4917109, 01–4913682 Sun - Fri 10:00-18:00 01-4450987, 9860450375 Sun - Fri 10:00-18:00 01-4387440, 01-4366204, 9818969547 Sun - Fri 10:00-18:00 01-4992524
info@naturalcooperative.com.np | Jobs
ESTD.
2064 B.S.
Your Trusted
Cooperative
No #1
In Nepal
E-Banking

नेचुरल स्मार्ट एपबाट रेमिट्यान्स सेवा शुभारम्भ, अब विदेशबाट पठाएको पैसा सिधै खातामा

Natural Saving and Credit Cooperative Limited > Uncategorized > नेचुरल स्मार्ट एपबाट रेमिट्यान्स सेवा शुभारम्भ, अब विदेशबाट पठाएको पैसा सिधै खातामा

काठमाडौं : जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले इसेवा मनी ट्रान्स्फरसँग सहकार्य गरी ‘नेचुरल स्मार्ट एप’बाट रेमिटान्स सेवा सुरु गरेको छ । अब नेचुरल सहकारीका सदस्यहरुले मोबाईल बैंकिङबाटै नेपाल भर पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा स्मार्ट एपको प्रयोग गरी सजिलै आफ्नै खातामा प्राप्त गर्न सक्ने भएका छन् ।

९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले सदस्य सहजताका लागि यस्तो सेवा ल्याएको हो । सदस्यहरुले आफ्नो खातामा भएको रकम सोही एपको प्रयोगद्वारा देशभरी रहेका इसेवाको काउन्टरहरुमा समेत प्राप्त गर्न सक्ने गरी पठाउन सक्ने संस्थाका प्रमुख विकल्प पाठकले जानकारी दिनुभयो । यो सेवाले समयको बचत, सहज, सुरक्षित र कोरोना भाईरस जस्तो महामारीको समयमा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्ने पाठकको भनाई छ ।

नगद रहित डिजिटल कारोबारलाई विशेष जोड दिएको संस्थाले अन्य रेमिटान्स कम्पनीहरुसँग सहकार्य गरी अघि बढ्ने नीति लिएको छ ।

Leave a Reply